२०८३ असोज २ शुक्रबार

रबि, बालेन र कुलमान मिलेपछि हर्क भन्छन्– ‘हुतिहाराहरू एक्लै लड्न सकेनन्, जमानत जफत हुन्छ’

ई आर्थिक    मंगलबार, पौस १५ २०८२
2.5K
Shares
रबि, बालेन र कुलमान मिलेपछि हर्क भन्छन्– ‘हुतिहाराहरू एक्लै लड्न सकेनन्, जमानत जफत हुन्छ’

ई–आर्थिक, काठमाडौं । रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै साम्पाङले एक्लै चुनाव लड्ने आँट नभएपछि उनीहरुबिच गठबन्धन भएको जिकिर गरे। हर्कले उनीहरूको जमानत जफत हुने दाबी समेत गरे।

साम्पाङले फेसबुकमा लेखेका छन्- ‘अहिले जो–जो गठबन्धन गर्दैछन्, उनीहरूको जमानत जफत हुने देखिन्छ ! नत्र त एक्लै लडिहाल्थे नि ! हुतिहाराहरू !’

मेयर साम्पाङले जेन-जी पुस्तालाई पनि आफ्नो पार्टीमा लाग्न अपिल गरेका छन्। उनले रवि–बालेनको नयाँ गठबन्धनले युवाको माग सम्बोधन गर्न नसक्ने जिकिर गरे। उनले बालेन र रवतर्फ संकेत गर्दै उनीहरूलाई ‘गेमर’ को संज्ञा दिए।

‘जेन-जी हो, तपाईंहरूको माग श्रम संस्कृतिले मात्रै पूरा गर्नेछ,’ साम्पाङले अगाडि लेखेका छन्, ‘अरु त सबै गेमर हुन् ! उनीहरूको काम छैन ! उल्टो थुन्छ मात्रै !’

रास्वपा, बालेन र कुलमानबिच चुनावी मोर्चाबन्दी तय भएको घोषणा भएसँगै साम्पाङले उनीहरूविरुद्धको वाकयुद्धलाई थप आक्रामक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij