काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक सोमबार बयान दिन सिंहदवार पुगेका छन् ।
आयोगको कार्यालय सिंहदरबारमा उपस्थित भएका लेखकले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे आफ्नो धारणा आयोगसमक्ष राख्नेछन् ।
यसअघि आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको थियो । तर पार्टीको केन्द्रीय समिति बैठकमा भएको छलफल तथा परामर्शपछि सोमबार आयोगमा पुगेर बयान दिने निर्णय गरिएको लेखकले बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग बताएका थिए ।
जेन–जी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी विषयमा आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको हो ।