२०८३ साउन १२ मंगलबार

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसंग सञ्चारमन्त्री खरेलको भेटवार्ता

ई आर्थिक    शुक्रबार, पौस ११ २०८२
2.5K
Shares
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसंग सञ्चारमन्त्री खरेलको भेटवार्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ। सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रबार दाहालसँग भेट गरी समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे ।

भेटका क्रममा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्ने विषय तथा प्रमुख राजनीतिक दलहरूबीच समझदारी कायम गर्ने उपायहरूबारे विचार–विमर्श भएको जनाइएको छ।

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढिरहेका बेला विभिन्न दलका शीर्ष नेताहरूसँग भइरहेको यस्ता भेटघाटलाई राजनीतिक सहमति र संवादलाई मजबुत बनाउने प्रयासका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij