२०८३ साउन ९ शनिबार

बहुदरमाई नगरपालिकाका पूर्वअधिकृत र पत्रिका प्रकाशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    बुधबार, पौस ९ २०८२
3.6K
Shares
बहुदरमाई नगरपालिकाका पूर्वअधिकृत र पत्रिका प्रकाशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा बहुदरमाई नगरपालिकामा सडक मर्मतका ठेक्का सम्बन्धी भ्रष्टाचार प्रकरणमा आवश्यक अनुसन्धानपछि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आ.व. २०८० /८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत कालोपत्रे गर्न ठेक्का आव्हान गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह-लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधान सम्पादक संजय कुमार साहले मिलेमतो गरी बोलपत्र सूचना लुकाई आफ्नो नजिकका व्यक्तिलाई ठेक्का दिनु भएको थियो। यसबाट नगरपालिकाको बजेटको दुरुपयोग भएको आयोगले जनाएको छ।

अख्तियारले सोही ठेक्कामा रु. ६५,००० बराबर बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९  अनुसार दोषीहरु उपर सजाय मागदाबी लिएको छ।

सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, प्रमुख प्रशासकीय अधिकृत र सह-लेखापालले सूचना लुकाइ ठेक्का दिने क्रममा नगरपालिकाको सम्पत्ति हानी पुर्‍याएको, भने पत्रिका प्रकाशकले पनि उनीहरुलाई सुविधा र लाभ उपलब्ध गराएको पाएपछि दुवै पक्षविरुद्ध कानूनी कारबाही अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij