२०८३ साउन ९ शनिबार

कलश स्टक मार्केट (ब्रोकर नं ७४)द्वारा शेयर शिक्षा कार्यक्रम आयोजना

ई आर्थिक    आइतबार, पौस ६ २०८२
2.8K
Shares
कलश स्टक मार्केट (ब्रोकर नं ७४)द्वारा शेयर शिक्षा कार्यक्रम आयोजना

काठमाडौं। कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४) ले  शेयर बजारमा आवद्ध लगानीकर्ताहरूका लागि निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।   उक्त कार्यक्रम पुस ५ गते भएको थियो।

कार्यक्रमका प्रमुख श्रोत व्यक्ती, शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरूलाई शेयर बजारको प्राविधिक पक्षहरूको बारेमा जानकारी दिएका थिए ।

काठमाडौको बुद्धनगरमा रहेको क्वालिटी बैंकमा सञ्चालन भएको उक्त तालिममा उल्लेखनीय संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

कलश स्टक मार्केट प्रा.लि. ले समय–समयमा देशका विभिन्न स्थानहरूमा तथा अनलाइनमार्फत विश्वभरका लगानीकर्ताहरूलाई लक्षित गरी वित्तीय साक्षरता र शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको र निकट भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको कम्पनीका प्रवन्ध निर्देशक  शालिकराम अधिकारीले जानकारी दिए।

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को  मुख्य कार्यालय काठमाडौं महानगर वडा १० बुद्धनगरमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij