काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत सर्बसाधारणले झेलिरहेको समस्या समाधान गर्न उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ दाउन्ने सडक खण्डको निरीक्षण गर्नुभयो।
मन्त्री घिसिङले सडक निर्माणको गति बढाई यस खण्ड जनवरी महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हाल निर्माण कार्य सुस्त गतिमा चलेको भन्दै स्थानीय नागरिकले समस्या भोग्दै आएका थिए।
सडक विस्तारले ट्राफिक सुगमता र यातायात सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।