२०८३ असोज १ बिहिबार

रास्वपा सभापति रवि लामिछाने रिहा

ई आर्थिक    शुक्रबार, पौस ४ २०८२
3.9K
Shares
रास्वपा सभापति रवि लामिछाने रिहा

रुपन्देही । अदालती प्रक्रिया पूरागरेपछि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन्।  हिजो उच्च अदालत बुटवल इजलासले सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

अदालतले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत उपलब्ध गराएपछि रिहा गर्न सकिने निर्देशन दिएको छ। आदेशमा सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा प्रवाह भएको रकमको बिगोका आधारमा दामासाही हिसाबले पर्न आउने रकम बराबर बैंक ग्यारेन्टी राख्नुपर्ने उल्लेख छ।

रिहाइका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्न लामिछाने शुक्रबार रुपन्देही पुगेका थिए। सुरुमा काठमाडौँबाट हवाईमार्फत सीधै भैरहवा जाने योजना रहे पनि खराब मौसमका कारण भैरहवा उडान हुन नसकेपछि उनी काठमाडौँबाट हवाईमार्फत भरतपुर पुगेका छन्। त्यसपछि भरतपुरबाट स्थलमार्ग हुँदै भैरहवा जाने कार्यक्रम रहेको छ।

लामिछानेले पहिलाको एक करोड जमानत रकम सहित  कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।

अदालतको आदेश जारी भएपछि नख्खु कारागार बाहिर समर्थकहरूको उल्लेख्य भीड जम्मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij