२०८३ असोज १ बिहिबार

नेकपा एमाले अध्यक्ष पदमा केपी शर्मा ओली विजयी, यस्तो बन्यो पदाधिकारी टिम

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
3.4K
Shares
नेकपा एमाले अध्यक्ष पदमा केपी शर्मा ओली विजयी, यस्तो बन्यो पदाधिकारी टिम

काठमाडौँ ।  नेकपा (एमाले) को पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कुल २२२७ मत खसेको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिव पदका लागि प्रतिस्पर्धा भएको थियो।

अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी भएका छन्। ओलीले १६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।

उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङले सबैभन्दा धेरै १७३७ मत प्राप्त गरेका छन्। त्यसैगरी विष्णु प्रसाद पौडेलले १६७५, रामबहादुर थापा ‘बादल’ले १५१६, गोकर्ण राज विष्टले १३६८, रघुजी पन्तले १२५८मत पाउदै विजयी भएका छन् भने  गुरु प्रसाद बरालले ११३७ र विन्दा पाण्डेले ९२१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूमा पर्शुराम मेघि गुरुङले ४६१, अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८ र भिम प्रसाद आचार्यले २६५ मत पाएका छन्।

महासचिव पदमा शंकर पोख्रेल विजयी भएका छन्। उनले १२२८ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत ल्याएका छन्।

उपमहासचिव पदमा लेखराज भट्टले १४५२ मत ,  रघुवीर महासेठले १३६८, योगेश भट्टराईले १३४८ प्राप्त गरि विजयी भएका हुन् । साथै  विष्णु प्रसाद रिमालले १०९१, आनन्द प्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्र प्रसाद गौतमले २७० मत प्राप्त गरे

सचिव पदतर्फ महेश बस्नेतले १५३४ मतसहित सबैभन्दा बढी मत पाएर विजयी भए । पद्मा कुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मत कुमार कार्कीले १३३७ र खगराज अधिकारीले १३३१ मत प्राप्त गरि विजयी भए । त्यसैगरी यमलाल कडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मत पाएर विजयी भए । गोकुल प्रसाद बास्कोटाले १०३०, ठाकुर प्रसाद गैरेले ८८३, रचना खड्काले ८७७, कर्णबहादुर थापाले ८४७, लाल बाबु पण्डितले ७९६, अग्नि प्रसाद खरेलले ७१६, विनोद प्रसाद ढकालले ६८४, कृष्ण गोपाल श्रेष्ठले ६२५, पेम्बा लामाले ४९३, पुरुषोत्तम पौडेलले ४६२ र इन्द्रलाल साप्कोटाले ४०५ मत प्राप्त गरेका छन्।

निर्वाचनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक कार्यदिशालाई अघि बढाउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij