२०८३ साउन ९ शनिबार

चौदण्डीगढी नगरपालिकाको हँडिया क्षेत्रका गाउँ पस्न थाले जंगली हात्ती

ई आर्थिक    मंगलबार, पौस १ २०८२
3.3K
Shares
चौदण्डीगढी नगरपालिकाको हँडिया क्षेत्रका गाउँ पस्न थाले जंगली हात्ती

रातको समय गाउँमा प्रवेश गर्न थालेपछि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीय बताउँछन् ।

गाईघाट (उदयपुर) : उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जंगली हात्तीले गाउँ पसेर दु:ख दिन थालेको छ ।

रातका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यान्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।

श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति मात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिए । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उनको भनाइ छ ।

हात्ती रातको समय गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको सीताराम चौधरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij