२०८३ साउन ९ शनिबार

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
2.7K
Shares
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

ई-आर्थिक, काठमाडौं ।  सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ ।

यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले जानकारी दिनुभयो ।

बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij