२०८३ साउन ९ शनिबार

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’योजना सार्वजनिक

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
2.7K
Shares
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’योजना सार्वजनिक

काठमाडौं । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनाबारे जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, “अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् ।

यस अवसरमा हामी सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना पनि व्यक्त गर्दछौं ।”

यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागू हुने कम्पनीले उल्लेख छ । कम्पनीका अनुसार विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij