२०८३ साउन १२ मंगलबार

नागढुङ्गा–मुग्लिन सडकको अनुगमन, काम तीव्र बनाउन मन्त्री घिसिङद्वारा निर्देशन

ई आर्थिक    आइतबार, मंसिर २८ २०८२
2.9K
Shares
नागढुङ्गा–मुग्लिन सडकको अनुगमन, काम तीव्र बनाउन मन्त्री घिसिङद्वारा निर्देशन

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकखण्डको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री घिसिङले निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको जनाउँदै कामदारको संख्या बढाई रातिको समयमा समेत काम सञ्चालन गर्न निर्देशन दिनुभएको छ। साथै सडक निर्माणमा अवरोध सिर्जना गरिरहेका विद्युत् पोलहरू तत्काल सार्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै निर्माण कार्यमा ढिलासुस्ती नगर्न चेतावनीसमेत दिनुभएको थियो।

उहाँले नागढुङ्गा–मुग्लिन सडकखण्ड राजधानी प्रवेश गर्ने प्रमुख मार्ग भएकाले यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij