२०८३ साउन १२ मंगलबार

नवनियुक्त चार मन्त्रीले लिए शीतलनिवासमा शपथ

ई आर्थिक    शुक्रबार, मंसिर २६ २०८२
4K
Shares
नवनियुक्त चार मन्त्रीले लिए शीतलनिवासमा शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त चार नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच शपथ ग्रहण गरेका छन्। आज दिउँसो ३ बजे तय गरिएको कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।

नवनियुक्त मन्त्रीहरूको मन्त्रालय जिम्मेवारी

कुमार इङ्नाम — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

राजेन्द्रसिंह भण्डारी — श्रम तथा रोजगार मन्त्री

माधव चौलागाईं — वन तथा वातावरण मन्त्री

श्रद्धा श्रेष्ठ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

प्रधानमन्त्री कार्कीले उनीहरूलाई मन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन्। शपथपछि मन्त्रीहरू छिट्टै मन्त्रालय कार्यभार सम्हाल्ने तयारीमा रहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार  १४ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij