२०८३ साउन १२ मंगलबार

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड भौतिक क्षति,सरकारी संरचना पुनःनिर्माण गर्न ३६ अर्ब लाग्ने अनुमान

ई आर्थिक    शुक्रबार, मंसिर २६ २०८२
2.4K
Shares
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड भौतिक क्षति,सरकारी संरचना पुनःनिर्माण गर्न ३६ अर्ब लाग्ने अनुमान

काठमाडौँ ।  जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँबराबरको भौतिक संरचनामा क्षति भएको छ ।

जेनजी आन्दोलनबाट भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठन गरिएको समितिले ७५ दिनमा प्रतिवेदन तयार पारेको हो।

समितिका अनुसार सातै प्रदेशका ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित भएका छन्। आन्दोलनका क्रममा ७७ जनाको मृत्यु तथा २४ सय २९ जना घाइते भएका छन्, जसमा १३ वर्षमुनिका १७ जना र १३–२८ वर्ष समूहमा १४सय ३३ जना परेका छन्।

समग्र भौतिक क्षति ८४ अर्ब ४५ करोड ७७  रुपैयाँभन्दा बढी पुगेको छ। २१ सय ६८ सार्वजनिक निकाय प्रभावित भएका छन् भने २६ सय ७१ भवनमा परेको क्षति ३९ अर्ब रुपैयाँभन्दा धेरै मूल्याङ्कन गरिएको छ। १२ हजार ६ सय ५९ सवारीसाधनमा नोक्सानी हुँदा झन्डै १३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

क्षतिमा सरकारी क्षेत्रमा ४४ अर्ब ९३ करोड, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड र सामुदायिक तथा अन्य क्षेत्रमा करिब ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। सरकारी तहमा संघीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत क्षति परेको छ।

समितिले पुनःनिर्माणका लागि करिब ३६ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमानसहित कार्ययोजना पनि पेस गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij