२०८३ साउन ९ शनिबार

भन्सार एजेन्ट महासंघको पेन डाउन आन्दोलन स्थगित, फर्किए भन्सार जाँच-पास कार्यमा

ई आर्थिक    बुधबार, मंसिर २४ २०८२
2.4K
Shares
भन्सार एजेन्ट महासंघको पेन डाउन आन्दोलन स्थगित, फर्किए भन्सार जाँच-पास कार्यमा

काठमाडौं । भन्सार एजेन्ट महासंघले पेन डाउन कार्यक्रम स्थगित गरेको छ ।

भन्सार एजेन्ट महासंघले पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको हो । महासंले राखेका प्रमुख मागहरु सम्बोधन हुने सहमति बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको जानकारी दियो ।

महासंघ र भन्सार विभागबीच पछिल्ला दिनमा भएको छलफल सकारात्मक रुपमा अघि बढेपछि महासंघका प्रमुख मागहरू सम्बोधन गर्ने सहमति बनेको महासंघले जनाएको छ।

 

भन्सार ऐन २०५२ मा रहेका केही प्रावधानले भन्सार एजेन्टहरुको पेशागत हकहित,कामको सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पारिरहेको भन्दै महासंघले आन्दोलन फिर्ता लिने घोषणा गरेका हो ।

कार्यक्रम स्थगन संगै उनीहरुले भन्सार जाँच-पास कार्य सुरु गरेका छन् । भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।

भन्सार ऐन २०६२ का केही प्रावधानले भन्सार एजेन्टहरूको अधिकार र कार्यसहजतामा असर परेको भन्दै मंसिर २३ गते देशभरका भन्सार कार्यालयमा गरिएको पेन डाउन विरोध कार्यक्रम केही समयपछि स्थगित गरिएको थियो।

भन्सार विभागसँग भएको छलफलमा महासंघका मागहरू सकारात्मक रूपमा सम्बोधन हुने संकेत पाएपछि कार्यक्रम रोकिने घोषणा गरिएको हो।

भन्सार विभागले व्यवस्थापन सुधारसँगै कार्यालयस्तरमा समाधान गर्न सकिने मागहरू क्रमशः लागू गर्ने प्रतिबद्धता जनाएको छ। साथै नियमावली संशोधन आवश्यक पर्ने विषय अर्थ मन्त्रालयसमक्ष पुर्‍याइने विभागले जनाएको छ।

महासंघका अध्यक्ष प्राचिन कुमार वैबले समर्थन र ऐक्यबद्धता जनाउने उद्योगी, व्यवसायी तथा भन्सार एजेन्टहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij