२०८३ साउन ९ शनिबार

सुनको मूल्य प्रतितोला एक हजारले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    मंगलबार, मंसिर २३ २०८२
2.9K
Shares
सुनको मूल्य प्रतितोला एक हजारले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

 ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ ।   बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य  भने उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले सस्तो भएको छ। यससँगै  सुन मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने वृद्धि भएको छ। आजको बजारमा चाँदी प्रतितोला १५ रुपैयाँ ले बढेर ३ हजार ६०० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँ मा कारोबार भएको थियो।

बजारमा यस्तो उतार–चढाव पछिल्लो समय अन्तर्राष्ट्रिय बजार मूल्य, माग–आपूर्ति र आर्थिक गतिविधिका कारण भइरहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij