२०८३ असोज २ शुक्रबार

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

ई आर्थिक    बिहिबार, मंसिर १८ २०८२
3.1K
Shares
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले आवश्यक तयारी सम्पन्न गरिरहेको बताएकी छन्।

वसन्तपुरमा आयोजित २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा बोल्दै उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै देशलाई द्रुत विकासतर्फ उन्मुख गराउने लक्ष्यसहित निर्वाचनको तयारी अघि बढाइएको उल्लेख गरिन्।

उनका अनुसार जेनजी आन्दोलनका घटनाबाट सिकेर युवाको माग–जस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन तथा रोजगारका अवसर–पूरा गर्न सबै पक्ष एकजुट हुनु जरुरी छ।

समारोहमा उनले सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा गुठी र स्थानीय तहको भूमिकालाई पनि महत्वपूर्ण बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij