काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै सवारी प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाइकर्स क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को शक्ति, नियन्त्रण र प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले सुरक्षित र स्टाइलिश (फेसनेबल) सवारी सामग्री प्राप्त गर्नेछन् । साथै, “नागरिकताको भरमा वित्तीय सेवा” सुविधा मार्फत सरल र झन्झटमुक्त सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना मोटरसाइकलको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि विशेष प्रस्ताव जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।
साथै, सहभागीहरूले उपहार जित्ने मौका पाउनेछन् र परीक्षण सवारी मा विशेष उपहार पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार शक्ति, उत्कृष्ट प्रदर्शन र आरामदायी अनुभव गर्ने मौका पाउनेछन् ।
सहभागीहरूले बाइकर्स क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक सवारी अनुभव गर्नुका साथै उपलब्ध प्रस्ताव तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्स क्याफेमा दैनिक रूपमा सञ्चालन हुनेछ ।
साथै, डोमिनार डे एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।