काठमाडौं । सहरलाई सफा र व्यवस्थित बनाउने लक्ष्यासहित काठमाडौं उपत्यकामा मुख्य सडकहरूको मर्मत र कालोपत्रे काम सुरु गरिएको छ। सडकमा वर्षौंदेखि समस्या बनेका खाल्डाखुल्डी हटाउने अभियानसमेत यसै क्रममा अघि बढाइएको हो।
सामान्यतया आर्थिक वर्षको अन्त्यतिर वा वर्षा लागेपछि मात्र सुरु हुने सडक मर्मतसम्भार यो वर्ष भने अपवादस्वरूप हिउँदयाममै सुरु गरिएको हो।
समयमै मर्मत कार्य अघि बढाइएपछि सडक यातायात सहज हुने र दुर्घटना न्यून हुने अपेक्षा गरिएको छ।

