२०८३ साउन ११ सोमबार

नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि खुला आवेदन आह्वान

ई आर्थिक    बिहिबार, कार्तिक २७ २०८२
5.8K
Shares
नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि खुला आवेदन आह्वान

ई-आर्थिक, काठमाडौं ।  नेपाल वायु सेवा निगम मा रिक्त रहेको महाप्रबन्धक पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धात्मक आवेदन आह्वान गरेको छ।

मन्त्रालयद्वारा कात्तिक २७ गते जारी सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ ।

आवेदनका फाराम, आवश्यक योग्यता, अनुभव, पारिश्रमिक र अन्य विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छन्।

प्रधानमन्त्री एवं पर्यटनमन्त्री सुशीला कार्कीको निर्णयअनुसार योग्य उम्मेदवार छनोटका लागि सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले एक महिनाभित्र योग्य उम्मेदवार सिफारिस गर्नेछ। नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमका उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

महाप्रबन्धक पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्दछ, जसको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ।

इच्छुक व्यक्तिले मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र नागरिक उड्डयन, पर्यटन व्यवस्थापन वा अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्षको उच्चस्तरीय व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै, आवेदन दिनेले तीन हजार शब्दसम्मको सिलबन्दी व्यवसायिक कार्ययोजना पेस गर्नुपर्ने र आवेदन शुल्क २५ सय रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij