२०८३ साउन १० आइतबार

नेपालमा सुनचाँदीको मूल्य लगातार घट्दै, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    सोमबार, कार्तिक १० २०८२
3.3K
Shares
नेपालमा सुनचाँदीको मूल्य लगातार घट्दै, कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घट्न थालेको छ । आज सुन प्रतितोला २ हजार तथा चाँदी ३५ रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पनि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबारमै सुन ११ हजार ६ सय रुपैयाँले घटेको थियो, जसपछि दुई दिनको अवधिमा कुल १३ हजार ६ सय रुपैयाँले सस्तो भएको हो।

यस्तै, चाँदीको मूल्य पनि घट्दै गएको छ। आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती र सुन–चाँदीमा लगानी घट्दा मूल्यमा निरन्तर गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij