२०८३ असोज २ शुक्रबार

चिनियाँ सामानमा नोभेम्बर १ देखि १५५ प्रतिशत ट्यारिफ लागु हुँदै

ई आर्थिक    बुधबार, कार्तिक ५ २०८२
6.2K
Shares
चिनियाँ सामानमा नोभेम्बर १ देखि १५५ प्रतिशत ट्यारिफ लागु हुँदै

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरे पनि आगामी नोभेम्बर १ देखि अमेरिकामा आयात हुने चिनियाँ सामानमा १५५ प्रतिशतसम्मको ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णयमा अडिग रहने बताएका छन्।

पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता हो, त्यसैले हामीले त्यसबारे सोच्नैपर्छ। १५५ प्रतिशतको कर तिर्नु उनीहरूका लागि दीगो हुने छैन।” उनले चीनले लामो समयदेखि अमेरिकासँग कठोर व्यवहार गर्दै आएको र अघिल्ला राष्ट्रपतिले पर्याप्त कडाइ नअपनाउँदा अमेरिकाले ठूलो नोक्सानी बेहोरेको दाबी गरे।

ट्रम्पले युरोपेली सङ्घ, जापान, र दक्षिण कोरियासँग आफूले गरेका शुल्क–आधारित व्यापार सम्झौता ‘राष्ट्रिय सुरक्षासँग सम्बन्धित’ रहेको उल्लेख गर्दै कर प्रणालीमार्फत अमेरिका अहिले सयौँ अर्ब डलर सङ्कलन गरिरहेको र यसले देशको ऋण तिर्न मद्दत गर्ने बताए।

यस कदमलाई विश्लेषकहरूले ऊर्जा व्यापारमार्फत युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा रुसलाई सहयोग गरिरहेका देशहरूमाथिको दबाबको निरन्तरता मानेका छन्। यसअघि भारतमाथि पनि रूसी तेल आयातको कारण ५० प्रतिशत कर लगाइएको थियो।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत पनि चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने र महत्त्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण गर्ने घोषणा गरेका थिए। उनले चीनलाई “व्यापारमा आक्रामक र शत्रुतापूर्ण व्यवहार गर्ने देश” भन्दै कडा आलोचना गरेका छन्।

यो निर्णय लागू भएमा चीन-अमेरिका व्यापार सम्बन्धमा थप तनाब सिर्जना हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij