२०८३ असोज २ शुक्रबार

सुन प्रतितोला २ लाख ५८ हजार पुग्यो, एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो

ई आर्थिक    शुक्रबार, असोज ३१ २०८२
3K
Shares
सुन प्रतितोला २ लाख ५८ हजार पुग्यो, एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिदै आकासिदै गएको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले अघिल्लो रेकर्डलाई पार गर्दै नयाँ उचाइ बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार सोही सुन २ लाख ५० हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो। यसरी सुनको मूल्य ७ हजार १०० रुपैयाँ ले उकालो लागेको हो, जुन हालसम्मकै उच्च हो ।

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँ मा खरिदबिक्री भइरहेको छ, जुन अघिल्लो दिनको ३ हजार २७५ रुपैयाँ को तुलनामा ७५ रुपैयाँले बढी हो। यो पनि हालसम्मकै उच्च मूल्य हो, जुन असोज २८ गते कायम गरिएको पुरानो मूल्य ३ हजार ३२५ रुपैयाँ लाई पार गर्दै आएको हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, चाडपर्वको सिजन, र आपूर्तिमा आएको केही असन्तुलनले गर्दा सुनचाँदीको मूल्यमा यस्ता तीव्र उतारचढाव देखिएको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij