२०८३ असोज २ शुक्रबार

सुनको मूल्यमा निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, असोज २९ २०८२
3.6K
Shares
सुनको मूल्यमा निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं ।   नेपाली बजारमा सुनको मूल्य बुधबार फेरि बढेको छ। एक दिनमै प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ।

यसअघिको दिन, मंगलबार, सुनको मूल्य ८ हजार एक सय  रुपैयाँले उक्लिँदै प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। लगातार दुई दिनको मूल्य वृद्धिसँगै बजारमा सुन महँगिंदो क्रममा रहेको देखिएको छ।

चाँदीको मूल्य भने आजको दिनमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेर ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

गत मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँ रहेको थियो। त्यसको तुलनामा चाँदीमा क्रमिक गिरावट देखिएको छ।

विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर, भूराजनीतिक तनाव, तथा स्थानीय माग–आपूर्ति लगायतका कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij