२०८३ असोज २ शुक्रबार

सुनको मूल्य प्रतितोला ३ हजारले बढ्यो, चाँदी पनि महँगियो

ई आर्थिक    आइतबार, असोज २६ २०८२
4.2K
Shares
सुनको मूल्य प्रतितोला  ३ हजारले बढ्यो, चाँदी पनि महँगियो

 ई-आर्थिक, काठमाडौं ।  सुनचाँदी बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ निर्धारण गरिएको हो।

गत शुक्रबार बजारमा सुनको मूल्य एकैदिन ४ हजार २ सय रूपैयाँले घटेर २ लाख ३५ हजार रूपैयाँ पुगेको थियो। केही दिनको गिरावटपछि आइतबार पुनः मूल्य वृद्धिको प्रवृत्ति देखिएको हो।

यसैबीच, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रूपैयाँले बढेको छ। महासंघका अनुसार गएको शुक्रबार ३ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ३ हजार १ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग सिधा सम्बन्धित हुने भएकाले भोलिका दिनमा पनि मूल्यमा उतारचढाव आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij