२०८३ असोज २ शुक्रबार

सुनको मूल्य प्रतितोला ४२ सयले सस्तियो, चाँदीको मूल्य उच्च विन्दुमा

ई आर्थिक    शुक्रबार, असोज २४ २०८२
3.9K
Shares
सुनको मूल्य प्रतितोला ४२ सयले सस्तियो, चाँदीको मूल्य उच्च विन्दुमा

 ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने नयाँ उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा ४ हजार २ सय रुपैयाँले कम हो। बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँ थियो।

सुनको मूल्य घटेको भए पनि चाँदी भने महँगिएको छ। बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मुद्रा विनिमय दरमा आएको परिवर्तनको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्य हेरफेर भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij