सिन्धुली । निरन्तर वर्षाका कारण बि.पी. राजमार्ग अन्तर्गत नेपालथोक हुँदै काठमाडौं जाने सडक विभिन्न स्थानमा रोशी खोलाले कटान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सो मार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएको छ।
प्रशासनले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
प्रशासनद्वारा खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग, हेटौंडा हुँदै त्रिभुवन राजपथ अन्य उपयुक्त वैकल्पिक राजमार्गहरू प्रयोग सकिने बताएको छ ।
साथै, प्रशासनले यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा प्रहरीसँग सम्पर्क गरी मार्गको अवस्थाबारे जानकारी लिन विशेष अनुरोध गरेको छ।
यसअघि निरन्तरको वर्षाले पहिरो, कटान तथा सडक अबरुद्ध हुने समस्या देशका विभिन्न भागमा देखिएको छ, जसले गर्दा आवागमनमा व्यापक असर परेको छ।