२०८३ साउन ९ शनिबार

देशभर बदलीको अवस्था, केही स्थानमा भारी वर्षाको सम्भावना

ई आर्थिक    शुक्रबार, असोज १७ २०८२
3.2K
Shares
देशभर बदलीको अवस्था, केही स्थानमा भारी वर्षाको सम्भावना

ई-आर्थिक, काठमाडौं ।  देशभर मनसुनी प्रणाली र स्थानीय वायुले प्रभाव पारिरहेका छन्। हाल अधिकांश भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, लुम्बिनीका तराई क्षेत्र र कर्णाली तथा बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही भू-भाग तथा अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने बताइएको छ।

भारी वर्षाको सम्भावना रहेको कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij