२०८३ असोज २ शुक्रबार

यस्तो छ आजको विनिमयदर, कुनको दर कति ?

ई आर्थिक    बिहिबार, असोज १६ २०८२
3.4K
Shares
यस्तो छ आजको विनिमयदर, कुनको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थोरै घट्दा युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येनको भने बढेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij