ई-आर्थिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्। बौद्धस्थित दीपज्योती ब्याङ्क्वेटमा बुधबार बसेको केन्द्रीय समितिको विशेष बैठकमा उनले राजीनामा प्रस्ताव पेश गरेका थिए, जसलाई समितिले स्वीकृति दिएको हो।
अब महाधिवेशनसम्मको लागि उपाध्यक्ष दुर्गा सोब संयोजक र महासचिव सोनामसिंह स्याङ्तान सदस्य सचिव तोकिएका छन्। पार्टीले आगामी फागुनभित्र विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।