२०८३ साउन १२ मंगलबार

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी

ई आर्थिक    बुधबार, असोज ८ २०८२
1.7K
Shares
राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली संशोधनसम्बन्धी  अध्यादेश जारी

ई-आर्थिक, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयबाट बुधबार जारी विज्ञप्तिअनुसार अध्यादेश २०७९ साल असोज ८ गते (२०८२/०६/०८) जारी गरिएको हो।

उक्त अध्यादेश आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राखी ल्याइएको जनाइएको छ। अध्यादेशमार्फत मतदाता नामावलीसम्बन्धी प्रावधानमा आवश्यक संशोधन गरी निर्वाचन प्रक्रिया सहज बनाउन सरकारको तयारी रहेको छ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार संघीय संसद्‌को अधिवेशन नचलेको अवस्थामा राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले उक्त अध्यादेश जारी गरिएको जानकारी विज्ञप्तिमार्फत दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij