ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन्। बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राजदूत छेनले प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका हुन्।
भेटका क्रममा राजदूत छेनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना दिँदै नेपालको नेतृत्वमा चीनले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले नेपाल–चीनबीचको परम्परागत, न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनहरूमा पनि यथावत् रहने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले पनि नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुदृढ र व्यवहारिक बनाउँदै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।