२०८३ साउन ९ शनिबार

संसद भवनबाट हराएका सामग्री फिर्ता गर्न संघीय संसद सचिवालयको आग्रह

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
3K
Shares
संसद भवनबाट हराएका सामग्री फिर्ता गर्न संघीय संसद सचिवालयको आग्रह

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा गएको भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटपछिका घटनामा सचिवालयको स्वामित्वमा रहेका महत्वपूर्ण उपकरण तथा सामग्री अनधिकृत व्यक्तिहरूले लगेको आशंका गरिएको छ।

संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना प्रकाशित गर्दै उक्त घटनामा हराएका सामग्रीहरू फिर्ता गर्न र सम्बन्धित जानकारी दिन सार्वजनिक रूपमा आग्रह गरेको छ।

सूचनामा उल्लेख भएअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, तथा अन्य विद्युतीय उपकरणहरू हराएका छन्। ती सामग्रीहरू कुनै व्यक्तिको साथमा भएमा सचिवालयमा फिर्ता गरिदिन अनुरोध गरिएको छ।

त्यस्तै, सामग्रीहरू कसले लगे भन्ने थाहा भएमा, वा घटना सम्बन्धी भिडियो वा सूचना भएको खण्डमा, त्यसलाई पनि उपलब्ध गराई सहयोग गर्न आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको परिचय पूर्ण गोप्य राखिने सचिवालयले जनाएको छ।

सूचना दिनका लागि सम्पर्क व्यक्ति:

  • श्री सुनिल सुवाल, शाखा अधिकृत – फोन नं.: ०१–४२००१०२ / ९८४११११८७६

  • श्री दिपेन्द्र विश्वकर्मा, कम्प्युटर अपरेटर – फोन नं.: ०१–४२००१०२ / ९८५५०६९१६३

सचिवालयका उपसचिव अधिराज राईद्वारा हस्ताक्षरित सूचनामा सबैलाई जिम्मेवार नागरिकको हैसियतले सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij