२०८३ साउन १० आइतबार

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको प्यानलकै जित, बनिन पहिलो महिला अध्यक्ष

ई आर्थिक    सोमबार, भाद्र २३ २०८२
2.6K
Shares
लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको प्यानलकै जित, बनिन पहिलो महिला अध्यक्ष

ई–आर्थिक, पोखरा : पोखरा महानगरपालिका अन्तर्गत पर्ने साविक लेखनाथ नगरपालिकास्थित लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका पराजुली अधिकारी निर्वाचित भएकी छन्। संघको २०५४ सालमा स्थापना भएदेखि हालसम्मको इतिहासमा उहाँ पहिलो महिला अध्यक्ष बन्नुभएको हो।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार पराजुलीले ९९६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिस्पर्धी राजेन्द्र ओझाले ८३३ मत ल्याएका थिए। यस चुनावमा जानुका र राजेन्द्र दुवैले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

सम्पूर्ण प्यानलसहित पराजुलीको विजय

जानुका पराजुलीको नेतृत्वमा बनेको प्यानलका अधिकांश उम्मेदवारहरू विजयी भएका छन्।

  • वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोलाले ९६६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उपेन्द्रराज सुवेदीले ८५३ मत पाएका थिए।

  • प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्यले ११५० मत प्राप्त गरी विजयी हुँदा मेनुका श्रेष्ठले ६७४ मत ल्याएकी थिइन्।

  • द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराईले १२१८ मत ल्याएर धीरजकुमार श्रेष्ठलाई (६०३ मत) हराएका छन्।

  • महासचिवमा भरतराज ओझाले ९५५ मत, जीवन तिवारीले ८७६ मत ल्याएका थिए।

  • उप–महासचिवमा गंगा कुमारी मल्लले १०६६ मत, लक्ष्मीप्रसाद ढुंगानाले ७६६ मत पाएका थिए।

  • कोषाध्यक्ष पदमा हरी बस्ताकोटी १०२७ मतसहित विजयी हुँदा टीकाराम सापकोटाले ७७८ मत प्राप्त गरेका थिए।

कार्यसमिति सदस्यमा पनि पूर्ण जित

  • एसोसिएट सदस्यमा दयाराज भण्डारी २७ मतसहित विजयी हुँदा प्रवेश बन्जराले २१ मत ल्याए।

  • संस्थागत सदस्यमा वीरभद्र कँडेल निर्विरोध निर्वाचित भए।

  • खुला सदस्यतर्फ सुजन न्यौपाने (१०७२), प्रतिक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), वीरेन्द्रराज भुर्तेल (९७७), दीपक अधिकारी (९६०), प्रभाकुमारी पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकीले समान ८८३ मतसहित विजयी भएका छन्।

  • महिला सदस्यमा शर्मिला श्रेष्ठले ११८४ र गंगा सापकोटा परियारले ९१० मत ल्याएर विजयी भइन्।

 ऐतिहासिक उपलब्धि

जानुका पराजुली यसअघि संघको महासचिव थिइन्। अध्यक्ष पदमा निर्वाचित भएसँगै लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महिलाको उपस्थिति दर्ज भएको छ।

उक्त निर्वाचनले स्थानीय व्यवसायी, महिला नेतृत्व र युवा सहभागिता बीच सशक्त सन्देश दिएको टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij