२०८३ साउन ९ शनिबार

सिड्नीमा ‘सार्क’को आक्रमणबाट एक व्यक्तिको मृत्यु

ई आर्थिक    शनिबार, भाद्र २१ २०८२
1.7K
Shares
सिड्नीमा ‘सार्क’को आक्रमणबाट एक व्यक्तिको मृत्यु

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ । “उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ ।

मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ । सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो । यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए ।

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबिचको प्रशान्त महासागरका समुद्री तट ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ । प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो ।

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बिचमा डुङ्गामा घुमि रहनु भएको थियो । सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भन्नुभयो, “चार-पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij