२०८३ भाद्र ३० मंगलबार

निर्माण आयोजना बिमा सम्बन्धी १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
7K
Shares
निर्माण आयोजना बिमा सम्बन्धी १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

ई–आर्थिक, काठमाडौं । नेपाल निर्माण उद्योग परिषदको आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रायोजन तथा प्राविधिक सहयोगमा निर्माण आयोजना (ननलाईफ) बिमा सम्बन्धी १ दिने अभिमुखिकरण गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीको प्रमुख आतिथ्यमा गोष्ठीको उद्घाटन गरिएको थियो । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको विभिन्न शाखा तथा विभागका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा इस्योरेन्सका कलंकी शाखा प्रमुख गणेश पराजुली, सूर्यविनायक शाखा अधिकृत नारायण प्रसाद घिमिरे, अण्डरराइटिङ विभाग प्रशिक्षक सुजन खकुरेल र बिमा दावी विभाग प्रशिक्षक रुपक चालिसे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य निर्माण उद्योगमा कार्यरत व्यवसायी, बिमा प्रतिनिधि र प्राविधिक व्यक्तिहरूलाई निर्माण आयोजना बिमाको अवधारणा, प्रक्रियागत आवश्यकताहरू, जोखिम व्यवस्थापन तथा दाबी प्रकृया सम्बन्धमा स्पष्ट जानकारी प्रदान गर्नु थियो ।

गोष्ठीमा निर्माण आयोजनामा लाग्ने जोखिम, उपयुक्त बिमा योजनाहरूको छनोट, बिमा पोलिसी निर्माण प्रक्रियाका साथै दाबी समाधान प्रणाली सम्बन्धी बिस्तृत प्रस्तुती र छलफल गरिएको थियो।

नेपालमा निर्माण क्षेत्रमा बढ्दो लगानीसँगै यस प्रकारका अभिमुखिकरण गोष्ठीहरू बिमा सचेतना अभिवृद्धि तथा जोखिम व्यवस्थापनमा महत्वपूर्ण ठहरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij