२०८३ साउन १० आइतबार

वर्ल्ड लिङ्कद्वारा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
2.2K
Shares
वर्ल्ड लिङ्कद्वारा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको जानकारी दिएको छ। कम्पनीले शुक्रबार बिहान एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार ती प्लेटफर्महरू अवरुद्ध गरिएको स्पष्ट पारेको हो।

वर्ल्ड लिङ्कका अनुसार, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारद्वारा तयार पारिएको ‘सामाजिक सञ्जाल निर्देशिका, २०८०’, मन्त्रिपरिषद्को निर्णयसर्वोच्च अदालतको आदेशको पालना स्वरूप यो कदम चालिएको हो।

दर्ता भएका प्लेटफर्म यथावत् सञ्चालनमा

वर्ल्ड लिङ्कले दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्महरू—जस्तै टिकटक, भाइबर लगायत—हाललाई सञ्चालनमा कुनै प्रतिबन्ध नरहेको जनाएको छ। कम्पनीले उपभोक्तालाई आवश्यक परेमा थप जानकारीका लागि आफूहरूसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।

यसअघि सरकारले देशभित्र सञ्चालित तथा प्रयोगमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्ने प्रक्रिया अनिवार्य बनाउने निर्णय लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij