२०८३ साउन १० आइतबार

लेमिनार टायल्सको नयाँ डिलर शोरूम कलंकीमा सञ्चालन

ई आर्थिक    बिहिबार, भाद्र १९ २०८२
3K
Shares
लेमिनार टायल्सको नयाँ डिलर शोरूम कलंकीमा सञ्चालन

ई-आर्थिक, काठमाडौं ।  नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि. का सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवालज्यु र आशुतोश खेतानज्युले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालज्युले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। लेमिनार टायल्सका अर्का निर्देशक आशुतोश खेतानज्युले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij