ई-आर्थिक, काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित इञ्जिनियर तथा ठेकेदार कम्पनीका प्रतिनिधि गरी ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
आरोप अनुसार आ.व. २०८०/८१ मा वडा नं. ६, ९ र १० को कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लङ्घन गरी मूल्याङ्कन प्रक्रियामा मिलेमतो गरिएको थियो।
सार्वजनिक खरिद नियमविपरीत प्रतिस्पर्धी कम्पनीहरूलाई जानाजानी असफल ठहराई लक्षित बोलपत्रदातालाई मात्रै ठेक्का दिने नियोजित उद्देश्य देखिएको अनुसन्धानबाट खुलाइएको छ।
ठेक्का प्रक्रियामा न्यून कबोल गर्ने Ranjit Ranjan Construction Pvt. Ltd. लाई अस्वीकृत गरी New BK/Nahakuli JV सँग गैरकानूनी रुपमा ठेक्का सम्झौता गरिएको थियो।
यस कार्यबाट सरकार तथा नगरपालिकालाई कुल रु. ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बराबरको आर्थिक हानि पुर्याइएको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख गरिएको छ।