२०८३ साउन ९ शनिबार

अजिरकोट गाउँपालिकामा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’, बनदेवी आमा समूह भच्चेक प्रथम

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
5.6K
Shares
अजिरकोट गाउँपालिकामा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’, बनदेवी आमा समूह भच्चेक प्रथम

ई–आर्थिक, अजिरकोट : गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम अन्तर्गत ‘मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता’ सम्पन्न भयो । गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा अजिरकोट गाउँ पालिकाका अध्यक्ष दीपक देवकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि देवकोटाले परम्परादेखि मनाउँदै आइएको मौलिक तथा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण अजिरकोटका महिला दिदीवहिनीहरुलाई शुभकामना दिनुभयो । यस्ता परम्परागत मौलिक संस्कृति तथा नारीहरुको महान चाडलाई जीवन्तता दिन विशेषगरी नारीहरु नै सक्रिय हुनुपर्नेमा अध्यक्ष देवकोटाले जोड दिनुभयो ।

भच्चेक बजार बसपार्कको ग्राउण्डमा भएको उक्त प्रतियोगितामा गाउँपालिकाका ९ वटा समूहको सहभागीता रहेको थियो ।

उक्त प्रतियोगितामा बनदेवी आमा समूह अजिरकोट –३ भच्चेक पहिला भएको थियो भने निम्चे पोखरी आमा समूह अजिरकोट–२ खिम्पु दोस्रो भएको थियो । त्यसैगरी अमरज्योति आमा समूह अजिरकोट–३ नम्की तेस्रो भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रतिभा देखाउन सफल पहिला, दोस्रो र तेस्रो हुने समूहहरुलाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पुरुस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न आकर्षक झाँकी नृत्य पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सयौंले अवलोकन गरेका थिए ।

कार्यक्रममा अजिरकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मनोज गुरूङले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष भुजेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij