२०८३ साउन ११ सोमबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशत सम्मको छुट

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
7K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशत सम्मको छुट

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत  सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क  गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij