२०८३ साउन १० आइतबार

तिज नजिकिँदै गर्दा सुनचाँदीको भाउमा तीव्र वृद्धि, तोलाको दुई लाख नजिक

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
4.5K
Shares
तिज नजिकिँदै गर्दा सुनचाँदीको भाउमा तीव्र वृद्धि, तोलाको दुई लाख नजिक

ई-आर्थिक, काठमाडौं । तिज पर्व नजिकिँदै जाँदा नेपाली बजारमा सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य एकैदिनमा उल्लेखनीय रूपमा बढेको हो। व्यवसायीहरूका अनुसार तिजलाई लक्षित गर्दै सुनको माग बढेकाले मूल्यमा चाप परेको हो।

नेपाली महिलाहरू तिजको अवसरमा गरगहना किन्ने परम्परा रहेको र त्यही कारण मागमा वृद्धि हुने गरेकाले मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको भाउमा आएको उतारचढाव र चाडपर्वको सिजन सुरु हुनुले मूल्य वृद्धिमा थप प्रभाव पारेको उल्लेख गरेको छ।

सुनचाँदीको मूल्य आगामी दिनमा अझै चुलिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij