रेसुङ्गा : निर्माण व्यवसायी संघ गुल्मीको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा हरिकुमार श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो। अब उहाँले संघको आगामी पाँच वर्षे कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।
निर्वाचन समितिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा गगन केसी, उपाध्यक्षमा दधिराम पाण्डे, महासचिवमा भागवत गिरी, उप–महासचिवमा भोजप्रसाद श्रेष्ठ, सचिवमा कृष्णप्रसाद भण्डारी, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा र सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित हुनु भएको छ।
त्यसैगरी सदस्य पदमा वीरेन्द्र भुसाल, चुराबहादुर खत्री क्षेत्री, पदम विष्ट, चेहरसिंह टण्डन, राजु कार्की, विजय पन्थी, जमुना न्यौपाने, ओमबहादुर केसी र मधु महर्जन चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठले संघ स्थापनाकालदेखि नै निर्माण व्यवसायीहरूको हकहित र सशक्त आवाजका लागि आफू सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी कार्यकालमा संस्थागत विकास, व्यवसायीक एकता र समन्वयमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संघको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।