२०८३ साउन १० आइतबार

हेटौँडा-काठमाडौं सडक पूर्णरूपमा सञ्चालनमा

ई आर्थिक    मंगलबार, भाद्र ३ २०८२
1.5K
Shares
हेटौँडा-काठमाडौं सडक पूर्णरूपमा सञ्चालनमा

ई-आर्थिक, बागमती।  हेटौँडा-काठमाडौं जोड्ने हेटौँडा-भिमफेदी-सिस्नेरी-काठमाडौं सडक सञ्चालनमा आएको छ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो।

अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij