२०८३ साउन ९ शनिबार

 वीरगञ्ज भन्सारद्वारा एक महिनामा १८ अर्बभन्दा बढी राजस्व संकलन

ई आर्थिक    मंगलबार, भाद्र ३ २०८२
4.4K
Shares
 वीरगञ्ज भन्सारद्वारा एक महिनामा १८ अर्बभन्दा बढी राजस्व संकलन

ई-आर्थिक, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै वीरगञ्ज भन्सार कार्यालयले उल्लेखनीय राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार साउन महिनामा कुल १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले दिएको जानकारी अनुसार, साउन १ गतेदेखि वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर एउटै कार्यालयका रूपमा सेवा सञ्चालनमा आएपछि राजस्व संकलनमा वृद्धि देखिएको हो।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयका लागि चालु साउन महिनामा २० अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। उक्त लक्ष्यको ८७.६८ प्रतिशत राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

गत वर्षको तुलनामा यो वृद्धि उल्लेखनीय मानिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा उक्त कार्यालयले १५ अर्ब ९२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।

भन्सार विभागले चालु आर्थिक वर्षको लागि वीरगञ्ज भन्सार कार्यालयमार्फत २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ वार्षिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij