ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुनको मूल्य ७ सय रूपैयाँले घटेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ५ रूपैयाँले बढेको छ। आइतबार २ हजार ३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।