ई-आर्थिक, काठमाडौं । काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट स्वस्तिपुजा गरी सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची तगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख श्री भानुभक्त पौडेल “कमल” ले बताउनु भयो ।
यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक श्री शालिकराम अधिकारीले बताउनु भयो ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष श्री प्रदिप के.सी.ले बताउनु भयो ।