२०८३ असोज १ बिहिबार

कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
2K
Shares
कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला

दाङ : रुकुम पूर्वस्थित कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार गिरी सिस्ने गाउँपालिका–५, बाहुनठानास्थित बैंक आवासमा शनिबार दिउँसो मृत फेला परेका हुन्।

५२ वर्षीय गिरी सल्यान जिल्लाको बागचौर नगरपालिका–८, कोटमौला निवासी थिए। घटनाको पुष्टि गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिए।

मृत्युको कारण खुल्न बाँकी रहे पनि विस्तृत अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij