ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ७ सय रूपैयाँमा कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला २ हजार ३०५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ३२५ रूपैयाँमा पुगेको महासंघले जनाएको छ।