ई-आर्थिक, काठमाडौं । गएको शुक्रबार कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ यो साता लगातार ओरालो लागेको छ। तीन दिनको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य २०० रुपैयाँले घट्दा सोमबार थप ११ सय रुपैयाँले गिरावट आयो। त्यसपछि मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले झरेको हो।
सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ९६ हजार ८०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको हो । सोमबार प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर २३ सय पाँच रुपैयाँमा झरेको छ।
बजार विश्लेषकहरूका अनुसार पछिल्लो मूल्य गिरावटलाई अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, तथा मौद्रिक नीतिहरूको प्रभावका रूपमा हेरिएको छ।